Rule 36
थप दस्तुर मिनाहाको लागि निवेदन दिने म्याद
(१) ऐनको दफा १९ को उपदफा (४) बमोजिम थप दस्तुर मिनाहाको लागि कर तिर्नु पर्ने म्याद भुक्तान भएको मितिले तीस दिनभित्र महानिर्देशक समक्ष अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिएमा थप दस्तुर मिनाहा दिइने छैन ।